उत्तर प्रदेशको इतावा सफारी पार्कमा दुई र हैदरावादको नेहरु जुलोजिकल पार्कका आठ सिंहमा कोरोना देखिएको सीएनएनले जनाएको छ।
इतावा पार्कमा रहेका दुई सिंहको शरीरको तापक्रम उच्च भएपछि तिनीहरुको कोरोना परीक्षण गरिएको थियो।
हाल कोरोना पोजेटिभ देखिएका सिंहहरुको अवस्था सामान्य भएको बताइएको छ। अहिले तिनीहरुलाई आइसोलेसनमा राखेर निगरानी गरिएको छ।
भारतको वातावरण, बन तथा जलवायु परिवर्तन मन्त्रालयले जनावरमा कोरोना देखिनु सामान्य भएको बताउँदै विश्वभर नै यस्ता घटना देखिएको जनाएको छ।
यस्तै मन्त्रालयले जनावरबाट मानिसमा कोरोना सरेको तथ्य नभेटिएको पनि बताएको छ।
सिंहहरुमा कोरोना देखिएपछि दुवै पार्क बन्द गरिएका छन्।
प्रतिक्रिया