प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय दुई नेता र माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।
दिउँसो ४ बजेदेखि सिंहदरबारमा भएको वार्ता केहीबेर अघि सकिएको हो।
सम्पूर्ण सांसदसहित राजीनामा गर्न सिंहदरबार पुगेका नेता नेपाललाई रोक्न विष्णु पौडेल र सुवास नेम्वाङ प्रधानमन्त्री ओलीको सन्देश बोकेर सिंहदरबार पुगेका थिए।
आफ्ना सांसदसहित सामूहिक राजीनामा दिन संसद सचिवालय पुगेका नेता नेपाल पौडेल र नेम्वाङबीच पौने घण्टा छलफल भएको थियो।
यसैबीच, पौडेल र नेम्वाङसँगको कुराकानीलगत्तै नेता नेपाल आन्तरिक परामर्शमा जुटेका छन्।
उनले सिंहदरबारमा आफूपक्षीय सांसदहरुलाई पौडेल र नेम्वाङले राखेका प्रस्तावबारे ब्रिफिङ गरिरहेका छन्।
यो पनि–
सांसदसहित सिहंदरबारमा माधव नेपाल, राजीनामा रोक्ने प्रयासमा त्यहीँ पुगे नेम्वाङ र पौडेल
प्रतिक्रिया