कोरोना संक्रमणबाट थप २४ जनाले ज्यान गुमाउँदा गण्डकीमा मृत्यु हुनेको संख्या ४ सय नाघेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका रहेका छन्।
निर्देशनालय प्रमुख डाक्टर विनोदविन्दु शर्माका अनुसार पछिल्लो पटक कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ९, स्याङजाका ५, पर्वतका ३, तनहुँका २, नवलपरासी, बागलुङ, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका एक–एक जना छन्।
हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७ पुगेको उनले बताए।
पछिल्लो ३ दिनयतामात्रै गण्डकीमा कोरोनाबाट ६६ जना संक्रमितको ज्यान गइसकेको छ भने आइतबार कोरोनाबाट हालसम्मकै बढी २८ जनाको मृत्यु भयो।
डा शर्माका अनुसार कास्कीमा मात्रै हालसम्म २ सय ९ जना संक्रमितले ज्यान गुमाएका छन्।
प्रदेशमा सोमबार ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ८ सय ९२ जना पुगेको छ।
प्रतिक्रिया