ad ad

समाज


यास चक्रवातको प्रभाव : वर्षा-हिमपात आजबाट अझ बढ्ने सम्भावना

यास चक्रवातको प्रभाव : वर्षा-हिमपात आजबाट अझ बढ्ने सम्भावना

नेपालखबर
जेठ १२, २०७८ बुधबार १:३,

हाल नेपालको मौसममा बंगालको खाडीमा बनेको यास नामको चक्रवातको आंशिक प्रभाव छ। जसले गर्दा मंगलबार बिहानदेखि नै देशका विभिन्न स्थानमा वर्षा जारी छ।

उता भारतमा आज यास चक्रवात बज्रिन आइपुग्ने अनुमानले बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चक्रवातको आंशिक प्रभाव मात्रै नेपालमा परेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बुधबार बिहान) बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

आजदेखि वर्षा/हिमपात अझ बढ्दै जाने र कम्तीमा शुक्रबारसम्म जारी रहने देखिएको महाशाखाले जनाएको छ। यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान भनेर मौसमविद्ले यसअघि नै पटकपटक विशेष मौसम बुलेटिन जारी गरेर सचेत गराइसकेका छन्।

महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :

जेठ १२ गते बुधबार (आज)
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशमा एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।गण्डकी, बागमती र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना छ।

जेठ १३ गते बिहीबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।देशका हिमाली, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

जेठ १४ गते शुक्रबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .