ad ad

समाज


आमासहित दुई छोराछोरीको शव जंगलमा भेटियो

आमासहित दुई छोराछोरीको शव जंगलमा भेटियो

नेपालखबर
जेठ १२, २०७८ बुधबार १:३३,

प्युठानमा एक महिला आफ्ना दुई सन्तानसहित मृत फेला परेकी छन्।

प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार आफ्ना दुई सन्तानसहित स्थानीय जंगलमा मृत फेला परेकी हुन्। गायत्रीसँगै उनका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरीलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकको जंगलमा रुखमा झुण्डिएको अवस्थामा तीनैजनाको शव फेला परेको हो।

सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा रहेको माइती घरजान भनेर घरबाट गायत्री निस्किएकी गायत्री माइत नगइ बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको उनका ससुरा गिरबहादुर सुनारले जानकारी दिए। मृतक गायत्रीका पति रोजगारीका शिलशिलामा भारतमा छन्।

जंगलमा भेटिएका तीनवटै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .