ad ad

समाज


अमेरिकाले डब्लूएचओलाई भन्योः कोरोनाको उत्पत्तिबारे पारदर्शी छानबिन गर्नुपर्‍यो

अमेरिकाले डब्लूएचओलाई भन्योः कोरोनाको उत्पत्तिबारे पारदर्शी छानबिन गर्नुपर्‍यो

नेपालखबर
जेठ १२, २०७८ बुधबार ७:३,

अमेरिकी स्वास्थ्यमन्त्री जेभियर बेसेराले कोरोनाबारे अर्को चरणको पारदर्शी छानबिन सुनिश्चित गर्न आग्रह गरेका हुन्।

अमेरिकी सञ्चारमाध्यमहरूमा कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका विवरणहरू आएका छन्।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भाइरस प्रयोगशालामै बनेको आशंका व्यक्त गर्दै आएका थिए।

यसबीचमा डब्लूएचओले गरेको अनुसन्धानमा कोरोना प्रयोगशालाबाट फैलिएको नदेखिएको र यो जनावरबाट जनावर हुँदै मानिसमा फैलिएको पत्ता लागेको थियो।

सो अनुसन्धानमा पुनर्विचार हुनुपर्ने भनेर अमेरिकाले माग गरिरहेको समयमा फेरि पारदर्शी अनुसन्धानको खाँचो भएको औंल्याएको हो।

कोरोनाभाइरस सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहान शहरमा देखा परेको थियो।

त्यसयता उक्त भाइरसबाट विश्वभरका १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .