ad ad

समाज


बिहे लगत्तै कमाउन भारत गएका बाँकेका युवाको पहिरोमा परेर मृत्यु

बिहे लगत्तै कमाउन भारत गएका बाँकेका युवाको पहिरोमा परेर मृत्यु

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ३:५१,

भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज स्वदेश ल्याइँदैछ।

रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरोमा परी ३२ साउनमा मृत्यु भएको थियो।

राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरोमा परी मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिए।

दुवैको मृत्युको खबरले चिलहरिया गाउँ शोकमा छ। अर्जुनले गत असार १७ गतेमात्रै विवाह गरेका थिए।

विवाहको एक महीना नबित्दै कमाउन भारत हिँडेका श्रीमानको मृत्युको खबरले श्रीमती दीपा बुढा अचेत बनेकी छन्।

राति आएको पहिराले रुख ढाल्दा च्याँपिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा परेर बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन र कृष्ण थारू घाइते भएका छन्।

उनीहरु १७ साउनमा भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा स्याउ टिप्ने कामका लागि घरबाट हिँडेका थिए।

गाउँबाट ३२ जना कामका लागि भारतको हिमाञ्चल प्रदेश गएका घर्तीले बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्षसमेत रहनुभएका घर्तीले भारतबाट शव ल्याउने काम भइरहेको जानकारी दिए। ‘आज रातिसम्म शव नेपाल आइपुग्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .