ad ad

समाज


योजना आयोगका नासु सिंहदरबारभित्रै मृत भेटिए

योजना आयोगका नासु सिंहदरबारभित्रै मृत भेटिए

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ६:४३,

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी मृत भेटिएका छन्। कार्यालयको कोठामा मंगलबार बिहान उनी मृत भेटिएका हुन्।

उनले विष सेवन गरी आत्महत्या गरेको शंका गरिएको छ। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारकाे टाेलीले शवको मुचुल्का उठाइरहेको छ। वृत्तका डिएसपी काैशल बुढाथाेकीकाे नेतृत्वमा रहेकाे टाेली घटनास्थलमा छ।

national palning comission2 मृत्युको घटना थाहा पाएपछि योजना आयोग परिसरमा प्रहरी तथा अन्य कर्मचारीहरू। तस्विर: प्रविन कोइराला

राति कार्यालयमै
नासु केसी गएराति कार्यालयमै बसेको र उनले राति विष सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। योजना आयोगका एक कर्मचारीका अनुसार मंगलबार कार्यालय खुलेसँगै उनको मृत्युको विषय खुलेको हो।

national palning comission3घटना अनुसन्धानका लागि आयोग कार्यालय छतमा प्रहरी। तस्विर: प्रविन कोइराला

१० बजेपछि कार्यालय पुगेका सहकर्मीले नासु केसीलाई मृत अवस्थामा देखेका थिए। त्यसपछि प्रहरीलाई खबर गर्ने काम भएको हो। प्रहरीले सीसीटीभी फुटेज हेरेर घटना अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .