ad ad

समाज


३ हजार ७५० संक्रमित थपिए, ५ हजार २२५ संक्रमणमुक्त

३ हजार ७५० संक्रमित थपिए, ५ हजार २२५ संक्रमणमुक्त

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ११:२०,

गएको २४ घण्टामा नेपालमा ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१५ हजार १८२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।

पीसीआर विधिबाट ९ हजार ५९८ जनाको परीक्षण गर्दा २ हजार ७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै 

आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

यस्तै, ६७ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। याे सँगै  ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .