गएको २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट १ हजार १४० जना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको हो।
उपत्यकामा हिजोको तुलनामा आज संक्रमितको संख्या केही बढेको छ। हिजो (बिहीबार) ७६४ जनामा संक्रमण पुष्टि भएको थियो। जसमा काठमाडौंमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका थिए।
यस्तै, बुधबार काठमाडौं उपत्यकामा ९१५ संक्रमित थपिएका थिए जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यसको एक दिनअघि अर्थात (मंगलबार) उपत्यकामा १ हजार २२६ संक्रमित थपिएका थिए।
गएको २४ घण्टामा देशभर ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन्। यस्तै, ६७ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हिजो देशभर ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने ५ हजार २९३ जना संक्रमणमुक्त भएका थिए। यस्तै, ५९ जनाको मृत्यु भएको थियो ।
Shares
प्रतिक्रिया