चितवनका भरतपुरलगायत क्षेत्रमा ६ घण्टायता भारी वर्षा भएको र अझै थपिने सम्भावना रहेकाले बाढीबाट बच्न भन्दै ‘अलर्ट’ जारी गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान साढे ९ बजे जारी गरेको सतर्कता सूचनाअनुसार भरतपुर, रामपुर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ।
यसर्थ तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा बसोबास गर्नेहरूले भोलि बुधबार बिहानसम्म उच्च सतर्कता अपाउन महाशाखाले अनुरोध गरेको छ।
असार १ गते बिहान ९:३० बजे
चितवन भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी बर्षामापन भएको र थप बर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेहरूले भोलि बिहान सम्म उच्च सतर्कता अपाउनुहोला । pic.twitter.com/KVLBtcIept
यो पनि :
3
Shares
प्रतिक्रिया