युइएफए युरोकप अन्तर्गत समूह ‘ई’ को खेलमा पोल्याण्डलाई पराजित गर्दै स्लोभाकियाले विजय सुरुवात गरेको छ।
गएराति भएको खेलमा १० खेलाडीमा सिमित पोल्याण्डलाई स्लोभाकियाले २–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलको मद्धतमा अग्रता बनाएको थियो। खेलको ४६ औँ मिनेटमा पोल्याण्डले बराबरी गोल फर्कायो। पोल्यान्ड खेलको ६२ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो।
मिडफिल्डर ग्रेगोर्ज क्रिकोवियकले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेका थिए। ६९ औँ मिनेटमा स्लोभाकियाले दोस्रो गोल गर्यो र खेलमा ३ अंक जोड्न सफल भयो। जितसागै स्लोभाकिया ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ।
गएराति नै भएको समूह ‘ई’ को अर्को खेलमा स्पेन र स्वीडेनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। समूह इ मा ३ अंक जोडेको स्लोभाकिया शीर्ष स्थानमा छ। समूह चरणमा ३ अंक जोड्दै स्लोभाकिया शीर्ष स्थानमा छ भने स्वीडेन दोस्रो र स्लोभाकिया तेस्रो स्थानमा छन्र अंक विहीन पोल्यान्ड पुछारमा छ।
प्रतिक्रिया