बीबीसीका अनुसार जापानको दयाकी देवीको नामले प्रचलित कान्नोनको विशाल मूर्तिको अनुहारमा मास्क लगाइएको हो।
उक्त मन्दिरका व्यवस्थापकहरूका अनुसार कोभिड–१९ महामारी साम्य नभएसम्म मूर्तिबाट मास्क हटाइने छैन।
सो मूर्ति फुकुसिमाको होउकुजी आइजु बेतुइन मन्दिरमा ३३ वर्ष अगाडि निर्माण गरिएको हो। चार मानिसले सो मास्क डोरीको सहारामा माथि गएर मूर्तिलाई पहिराइदिएका हुन्।
कोरोना भाइरबाट बच्न विश्वभर सबैले मास्क लगाउँछन्। डब्लूएचओले मास्क लगाएमा कोरोनाबाट अधिकतम समय बच्न सकिने बताएको छ।
जसका कारण यतिबेला मास्क लगाउनै पर्ने बाध्यता छ।
(भिडिओ)
प्रतिक्रिया