ad ad

समाज


१५ जना छात्रालाई साइकल प्रदान

१५ जना छात्रालाई साइकल प्रदान

नेपालखबर
असार ६, २०७८ आइतबार ५:१८,

सर्लाहीको हरिवन-८ मा रहेको जनजागृति माविले १५ जना छात्रालाई साइकल वितरण गरेको छ।

आइतबार बिहान विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा हरिवन गरपालिकाका मेयर गणेश प्रसाईंले कक्षा ९ मा अध्ययनरत १५ जना छात्रालाई साइकल वितरण गरेका हुन्।

प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत विद्यालयलाई प्राप्त भएको साइकल कक्षा ९ का सबै छात्रालाई प्रदान गरिएको प्रधानाध्यापक चन्द्रमोहन झाले जानकारी दिए।

छात्राहरुलाई साइकल वितरण गर्दै मेयर प्रसाईंले प्रदेश सरकारको साइकल वितरण अभियानले छात्रा शिक्षामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा हरिवन- ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल, जनजागृति माविका अध्यक्ष रामचन्द्र गौतम, समाजसेवी खेम भट्टराई लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .