काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न आज ५ बजे बैठक बस्ने भएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको ५ बजे बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए।
अहिले संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठक बसिरहेको बताउँदै उनले थप हुने निषेधाज्ञाबारे सुझाव लिइएको बताए।
आज नै निषेधाज्ञाबारे प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श लिने जनाइएको छ।
थप हुने निषेधाज्ञालाई खुकुलो बनाउने तयारी गरिएको छ। यसअघि घोषित निषेधाज्ञाको अवधि भोलि (असार ७ गते) बाट सकिँदै छ।
कोरोना महामारी नियन्त्रण भइनसकेकाले निषेधाज्ञा जारी राख्ने तर अबदेखि पहिलेभन्दा सहज किसिमको ‘स्मार्ट निषेधाज्ञा’ गरिने चर्चा केही दिनदेखि चलिरहेको छ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएयता काठमाडौं उपत्यकामा गत वैशाख १६ गते सुरु गरिएको निषेधाज्ञाको अवधि पटकपटक थपिइरहेको छ।
प्रतिक्रिया