१७ वर्षको उमेरमा गरेको अपराधलाई आधार मान्दै ९ वर्षपछि २६ वर्षका अल–दार्विसलाई मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ।
यस मृत्युदण्डको एमनेस्टी इन्टरनेसनलसँगै अन्य अधिकारवादी संस्थाले विरोध जनाएका छन्।
साउदीले मृत्युदण्डको सजायलाई देशबाट हटाउने बताए पनि फेरि यही कार्य दोहोर्याएर मानवअधिकारको उल्लंघन गरेको उनीहरुको भनाइ छ।
रोयटर्सका अनुसार दार्विसमाथि हुल दंगा र प्रदर्शनमा उत्रिएर देशको शान्ति र सुरक्षा खलल पुर्याउन खोजेको साथै अशान्तिको बिउ छरेको आरोप लगाइएको थियो।
सुरक्षाबल विरुद्ध उनी आक्रमक देखिएको तस्बिर सार्वजनिक भएको थियो। सन् २०११ देखि २०१२ सम्म उनी १० पटक आन्दोलनमा देखिएका थिए।
२० वर्षको हुँदा उनलाई सोही घटनामा दोषी ठहर गर्दै सन् २०१५ मा पक्राउ गरिएको थियो।
उनीमाथि आतंकवादी समूह गठन गरेर सशस्त्र विद्रोहको प्रयास गरेकोजस्ता गम्भीर आरोप लागेका थिए।
प्रतिक्रिया