ad ad

समाज


महोत्तरीमा २३ दिनदेखि बेपत्ता सुजिताको शव खेतमा गाडेको अवस्थामा फेला

महोत्तरीमा २३ दिनदेखि बेपत्ता सुजिताको शव खेतमा गाडेको अवस्थामा फेला

शैलेन्द्र महतो
असार १३, २०७८ आइतबार ११:१६,

महोत्तरीमा २३ दिनदेखि बेपत्ता सुजिता ठाकुरको हत्या भएको अवस्थामा शव फेला परेको छ।

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ बस्ने मुकेश ठाकुरी श्रीमती २६ वर्षीया सुजिता ठाकुरको उनकै खेतमा गाडेको अवस्थामा आइतबार दिउँसो शव फेला परेको हो।

लामो समयदेखि बेपत्ता सुजिताको दाइजोकै कारणले परिवारले हत्या गरेर शव लुकाएको माईती पक्षले आरोप लगाउँदै आएको थियो। यधपि श्रीमान् पक्षले सुजिता अर्कै केटासँग भागेको बताउने गरेका थिए।

प्रहरीले खोजविनको क्रममा घरदेखि करिब एक किलोमिटर दूरीमा रहेको खेतमा उत्खनन गाडेको अवस्थामा शव फेला परेको हो।

सुजिताका पति, देवर रुपेश र ससुरा पतिराम ठाकुरले आफ्नो प्रभाव प्रयोग गर्दै उनी भागेको बताउँदै आएका थिए।

उनीहरुले पटक पटक सुजितलाई कुटपिट गर्ने गरेको भाइ शिवम् पाण्डेले बताए।

भाइ शिवम् पाण्डले दुईसाता अघि नै फेसबुकमा लाईभ आएर आफ्नो दिदीको हत्या भएको र उनको शव बेपत्ता पारेको हुन सक्ने बताएका थिए।

केहि वर्ष अघि नै सुजितालाई परिवारजनले हत्या गर्ने प्रयास गरेका थिए। तर उक्त घटना प्रहरीले छलफल गरी मिलाएको अभियन्ता गुन्जा रायले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .