ad ad

समाज


१० वर्ष लगाएर निर्माण गरिएको पुल सञ्चालन नहुँदै भासियो

१० वर्ष लगाएर निर्माण गरिएको पुल सञ्चालन नहुँदै भासियो

शैलेन्द्र महतो
असार १७, २०७८ बिहिबार १२:२१,

सञ्चालनको तयारीमा रहेको नवनिर्मित धनुषा र सिरहा जोड्ने कमला पुल भासिएको छ।

हुलाकी सडक अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित कमला नदीमा निर्माण भइरहेको पूलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको हो।

झण्डै १० वर्षदेखि निर्माण भइरहेको पुल मंगलबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बिहीबार भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए।

सो पुल असार १३ गते नै हस्तान्तरण गरी सञ्चालनमा ल्याउने सम्झौता भएको थियो।

४७० मिटर पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का सम्झौता गरेको थियो। तर ७ वर्ष वित्दा पनि ढिलासुस्तीका कारण ३५ प्रतिशत मात्र काम भयो। पछि पप्पु कन्ट्रक्सनले हात झिकेपछि लुम्बिनी बिल्डर्सको निर्माणको जिम्मा लिएको थियो।

दुइसाता अघि तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले निर्माणाधिन पुलको निरीक्षण गर्दै पुल निर्माण भएपछि यस भेगका जनतालाई ठूलो राहत हुने बताएका थिए।

२४ करोड ४२ लाखको लागतमा यो पुल निर्माण भएको हो। पुलको गलत डिजाइन वा गुणस्तरहीन रहेको कारण पुल भासिएको हुन सक्ने सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको भनाइ छ।

पुल भासिएपछि निर्माण कम्पनीलाई कारबाहीको लागि बिहीबार नै सम्बन्धित निकायमा पत्राचार गरेको प्रजिअ कणेलले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .