फेड्वासन वास टेलिभिजन पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित भएका छन्।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको १७ औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
फेड्वासन वास पत्रकारिता पुरस्कारबाट टेलिभिजन तर्फ जनता टेलिभिजनका पत्रकार राम कुमार एलन, रेडियो तर्फ सिआइएनका राजन रुचाल, अनलाइन तर्फ लोकान्तर डटकमका गगन अर्याल र पत्रिका तर्फ कान्तिपुर दैनिकका वसन्त प्रकाश सिंह पुरस्कृत भएका हुन्।
पुरस्कृत पत्रकारलाई सांसद आशा विकले पुरस्कार र प्रमाण पत्र वितरण गरिन्।
6
Shares
प्रतिक्रिया