प्राध्यापक इश्वरी लाल श्रेष्ठ–स्मृति प्रतिष्ठानले प्राध्यापक डा. गोविन्दराम अग्रवाललाई सम्मान गरेको छ।
मंगलबार काठमाडौंमा ६६ औं वाणिज्य दिवसका अवसर पारेर डा. अग्रवाललाई सम्मान गरिएको हो। डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेको, स्वदेश र विदेशमा वाणिज्य क्षेत्रलाई बढावा हुने गरी कार्य गरेको भन्दै सम्मान गरिएको छ।
प्राध्यापक स्व इश्वरीलाल श्रेष्ठ सम्झानामा स्मृति प्रतिष्ठान स्थापना गरि वाणिज्य दिवसको अवसरमा यस क्षेत्रका उत्कृष्ठ कार्य गरेका व्यक्तिलाई यसै वर्ष सम्मान गरिन थालेको हो। कार्यक्रममा शिक्षाविद केदार भक्त माथेमाले सम्मानित हुने अग्रवाललाई सम्मानपत्र, दोसल्ला र नेपाली हस्तकलाको उपहार दिएर सम्मान गरेका थिए।
त्रिभुवन विश्व विद्यालयमा वाणिज्य विषयको अध्ययन अध्यापन गराउन महत्वपूर्ण भूमिका खेलेका इश्वरीलालको २०७५ मंसिर ४ गते स्वर्गारोहण भएको थियो।
प्रतिक्रिया