गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत ‘हात्ती दाइ हात्ती दाइ’ मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ वर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन्।
बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले गाएकी थिइन्। यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको अहिले चौतर्फी प्रसंसा हुन थालेको छ।
गायक तथा कम्पोजरकार्कीको संगीत तथा कार्कीको नै एरेन्ज रहेको छ भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ।
अमेरिका निबासी गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन्। नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ वर्षे बालिकालाइ उनले सांगितीक क्षेत्रमा प्रस्तुत गरेकी छिन्।
भदौ १७, २०७६ मंगलबार १४:८
प्रतिक्रिया