वीरगंज महानगरपालिका अन्तर्गत महानगरका बिभिन्न भागहरुमा कागजपत्र बिना चलेका १ सय ६३ वटा ई(रिक्सालाई शनिवार प्रहरीले कारबाही गरेको छ।
इजाजत पत्र, सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताब बिना ई–रिक्साहरु चलाईरहेको पाइएको हुँदा जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ई–रिक्सा चालकलाई कारबाही गरेको हो।
इजाजत पत्र नभएको १६ वटा, सवारी चालक अनुमती पत्र नभएको १ सय २१ वटा र सवारी दर्ता किताब नभएको २६ वटा गरी जम्मा १ सय ६३ वटा ईरिक्साहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया