थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ। उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन्।
प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए। घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन। हाल दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ‘प्लान्ट सफा गर्ने क्रममा एक्कासि ठूलो आवाज आयो। प्लान्टमा सामान्य विस्फोट भएको रहेछ’, उनले भने।
विसं २०७६ शुरुआतसँगै सञ्चालनमा आएको सो प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रायः अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गर्छन्। रासस
3
Shares
प्रतिक्रिया