ad ad

समाज


विदेशीलाई नागरिकता दिएको आरोपमा दुई वडाअध्यक्षलाई पक्राउ पूर्जी

विदेशीलाई नागरिकता दिएको आरोपमा दुई वडाअध्यक्षलाई पक्राउ पूर्जी

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार १५:३६,

जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा संलग्न भएको आरोपमा आज पाँच जनाको नाम सार्वजनिक गरेको छ भने दुई जनप्रतिनिधिको नाममा पक्राउ पुर्जीसमेत जारी गरेको छ।

गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष सनिलाल राजवंशीसमेतलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी काटेको हो। जनप्रतिनिधिसहित कर्मचारीको मिलेमतोमा १६ जना गैर नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले यसअघि पाँच जनालाई पक्राउ गरेको छ।

गैर नेपालीलाई नेपाली नागरिकता दिने कार्यमा ४६ जना संलग्न रहेको बताइए पनि प्रहरीले दुई वडाध्यक्षसहित ११ जनालाई गत भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीले जनप्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, प्रशासकीय अधिकृत चूडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, विर्तामोड–८ का तत्कालीन सचिव लोकराज बराल, भद्रपुर–९का वडा सचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपानेलाई पक्राउ पुर्जी जारी गरेको थियो। सो लगत्तै प्रहरीले घटनामा संलग्न कर्मचारीद्वय तेजिन्द्र न्यौपाने र लोकराज बराललाई पक्राउ गरिसकेको छ।

घटनामा संलग्न रहेको भन्दै बिर्तामोड नगरपालिका–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना र भीमबहादुर लिम्बूसमेतलाई प्रहरीले यसअघि नै पक्राउ गरेको छ। विर्तामोड नगरपालिका–८ का अध्यक्ष कार्की राप्रपाबाट निर्वाचित भएका हुन् भने भद्रपुर–९ का अध्यक्ष नेकपाका कार्यकर्ता हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .