ad ad

समाज


खाडीको तापक्रम ६३ डिग्री, यी ६ मुलुकमा दिउँसो काम गर्न रोक

खाडीको तापक्रम ६३ डिग्री, यी ६ मुलुकमा दिउँसो काम गर्न रोक

नेपालखबर
असार ३, २०७६ मंगलबार ३:३५,

खाडी क्षेत्रमा तापक्रम अहिलेसम्मकै उच्च भएको छ। तापक्रम ६३ डिग्रीभन्दा माथि पुगेपछि खाडीका ६ मुलुकले दिउँसो काम गर्नै रोक लगाएका छन्।

खाडी मुलुक बहराइन, कुवेत र ओमनले जुलाई १ देखि अगस्ट ३१ सम्म, कतारले जुन १५ देखि अगस्ट ३१ सम्म, साउदी अरबले जुन १५ देखि सेप्टेम्बर १५ सम्म र यूएईले जुन १५ देखि सेप्टेम्बर १६ सम्म मध्याह्नको समय काम गर्न रोक लगाएका हुन्।

बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२.३० देखि ३.३० सम्म, कतारले ११.३० देखि ३ बजेसम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२.३० देखि ३ बजेसम्म काम नगराउन आफ्ना देशका कम्पनीहरूलाई निर्देशन जारी गरेका छन्।

निर्णय उल्लंघन गरे कारबाही गर्ने चेतावनीसेमत ती राष्ट्रले दिएका छन्। खाडीमा १० लाख ७० हजार हाराहारीमा नेपाली कामदार छन्।

ती मुलुकका नेपाली दूतावासका अनुसार जुनदेखि अगस्टसम्म नेपाली कामदारको बढी ज्यान जाने गरेको छ । साउदी र कतारमा हरेक दिनजसो एक नेपालीको मृत्यु हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .