काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा एक महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले दिएको जानकारीअनुसार अस्पतालमै काम गर्ने रामेछाप दाेरम्बाकी २७ वर्षीया विमला तामाङ मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
उनी अस्पतालका क्लिनर अर्थात् सफाइ कर्मचारी थिइन्। अस्पतालको प्यासेजमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको प्रवक्ता बोगटीले बताए।
‘घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ अहिले घटनास्थलमा रहेका डीएसपी बोगटीले नेपालखबरसँग भने, ‘त्यसपछि मात्र घटनाको वास्तविकता बाहिर आउँछ।’
अहिले अस्पताल क्षेत्र तनावग्रस्त छ। अस्पतालअगाडि सर्वसाधारणकाे भीड लागेकाे छ। भीड पन्छाउन प्रहरीलाई हम्मे हम्मे परेकाे छ।
प्रतिक्रिया