ad ad

समाज


पाकिस्तानमा शक्तिशाली भूकम्प

पाकिस्तानमा शक्तिशाली भूकम्प

नेपालखबर
असोज ७, २०७६ मंगलबार १५:३६,

पाकिस्तानमा मंगलबार शक्तिशाली भूकम्प गएको छ। अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर ५.८ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

भूकम्पमा परी पाकिस्तान प्रशासित कस्मिरमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ।

८–१० सेकेन्डसम्म निकै बलियो धक्का महशुस गरिएको समाचार पत्र द डनले उल्लेख गरेको छ। 

राजधानी इस्लामावाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि धक्का महशुस गरिएको थियो। भूकम्पले घर केही घर भत्किएका छन् भने मिरपुरमा सडक चिराचिरा भएको छ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ।

भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन्। 

हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ।

भारतको मौसम विभागले भने भूकम्प ६।३ म्याग्नेच्युड भएको बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .