ad ad

समाज


आइतबारदेखि १० चक्के सवारी सधानलाई उपत्यकामा ‘नो इन्ट्री’

आइतबारदेखि १० चक्के सवारी सधानलाई उपत्यकामा ‘नो इन्ट्री’

नेपालखबर
असोज १०, २०७६ शुक्रबार १०:९,

आइतबारदेखि १० चक्के तथा सोभन्दा माथिका सवारी साधन काठमाडौं उपत्यका छिर्न नपाउने भएका छन्।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको बताएको हो। विभागले दसैँमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ।

१२ गते आइतबारदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको सूचनामा उल्लेख छ।

त्यस्ता सवारी साधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ। अति आवश्यक खाद्यसामग्री, कपडा, औषधि, तरकारी लगायतका सामग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन्।

दशैँ, तिहार र छठका लागि उपत्यकाबाट झण्डै २५ लाखको हाराहारीमा मानिसहरु बाहिरिने गर्दछन्। ठूला सावारीका कारण सडकमा हुने जामका कारण यात्रुहरुले सास्ती बेहोर्नु परेपछि सरकारले यस्तो निर्णय गरेको हो।

१८ गतेपछि भने अवागमनमा कुनै रोक लगाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .