ad ad

समाज


भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण १४० जनाको मृत्यु

भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण १४० जनाको मृत्यु

नेपालखबर
असोज १४, २०७६ मंगलबार १०:४९,

बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ।

भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार क्षेत्रमा सन् १९९४ यताकै यो सबैभन्दा भारी मनसुनी वर्षा हो। विभागले मनसुनी वर्षा ढिलो आएको र यो लामो अवधिसम्म रहेको जनाएको छ।

चार दिनभित्रमा उत्तर प्रदेशमा १११ जना र बिहारमा २८ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन्।

जेलभित्र बाढी पसेका कारण उत्तर प्रदेशको बल्लिया जिल्लास्थित कारागारमा रहेका ९०० कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्नु परेको छ। करिब २० लाख जनसंख्या रहेको पटनामा मानिसहरुलाई अस्थायी डुङ्गाको सहायताबाट उद्धार गरिएको छ।

वर्षा रोकिए पनि शहरको अधिकांश भूभाग डुबानमा छ। विद्यालय र पसलहरु सबै बन्द अवस्थामा छन्।

टेलिभिजनमा प्रसारित दृश्यहरुमा अस्पतालका वार्डहरु डुबानमा परेका र स्थानीयबासीलाई उद्धारकर्ताहरुले दूध, केरा र अरु पेय पदार्थहरु बाँड्दै गरेको देखिएको छ।

सामान्यतया, जुनदेखि सेप्टेम्बर महिनासम्म उत्तर भारतमा मनसुनी वर्षा हुने गर्दछ, तर यस वर्ष ढिलो गरी मनसुनी वर्षा भइरहेको छ। भारतीय जलवायु विज्ञान विभागका अनुसार यस वर्षको समग्र मनसुनी वर्षा औसतमा भन्दा बढी भएको छ। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .