ad ad

समाज


सय वर्ष माथिका दुई ज्येष्ठ नागरिक सम्मानित

सय वर्ष माथिका दुई ज्येष्ठ नागरिक सम्मानित

वाशुदेव मिश्र
असोज १४, २०७६ मंगलबार १०:५४,

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।

२९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय १० वर्षीया गौरी आचार्य र १ सय ७ वर्षीय पदमबहादुर गुरुङलाई सम्मान गरेको हो। पोखरा ११ काँहुकी आचार्य र पोखरा ३३ का गुरुङलाई नगद १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले सम्मान गरे।

महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये २ जनालाई सम्मान गर्दै आएको छ। महानगरले उनीहरुलाई नगरपिता र नगरआमाको रुपमा सम्मान गरेको हो।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख जिसीले सम्मानले सकारात्मक सोचको विकास गराउने बताए। उनले जेष्ठ नागरिकको लागि ज्येष्ठ नागरिक क्लब निर्माण गर्ने सोच महानगरपालिकाले बनाएको बताए। कार्यक्रममा उपप्रमुख गुरुङले ज्येष्ठ नागरिक स्वास्थ्यलाई ध्यानमा राखेर महानगरले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको बताइन्।

पोखरा महानगरपालिका वडा नम्बर ११ वडाध्यक्ष शंकरप्रसाद बास्तोला, निर्मलपोखरी ज्येष्ठ नागरिक समितिका अध्यक्ष भुपेन्द्र गिरी, सामाजिक विकास महाशाखाका प्रमुख निर्मला शर्मा र महाशाखाका विष्णुमाया पौडेल लगायतले ज्येष्ठ नागरिकको बारेमा बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .