प्रहरीले पोखराको लेकसाइडबाट केही नेपालीसहित एक भारतीयलाई लागु औषधसहित पक्राउ गरेको छ।
संघीय ब्यूरो कोटेश्वर काठमाण्डौ तथा वडा प्रहरी कार्यालय बैदामको टोलीले लेकसाइडको खहरेबाट बुधबार पक्राउ गरेकामध्येमा भारत मिजुराम बस्ने ३९ वर्षीय मिजोराम नियारासहित पोखराकै पृथ्वीचोक बस्ने हसिद नसिब अख्तर, पर्सा घर भई पोखरा बस्ने २८सहिद अख्तर मिया र तनहुँ शुक्लागण्डकी बस्ने २३ वर्षीया रजिना खातुन रहेकी छन्।
उनीहरुबाट ४५ थान रातो रंगको एनफेटागनसहित १५० ग्राम लागूऔषधजन्य सुकेको पात पनि बरामद भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया