नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले स्थापना गरेको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष अजयबाबु शिवाकोटीलाई प्रदान गरिने भएको छ।
इन्जा मुख्यालय(अमेरिका, वासिङ्टन)ले विज्ञप्ति जारी गरी १ हजार अमेरिकी डलर राशि रहेको उक्त पुरस्कार यस वर्ष शिवाकोटीलाई दिने निर्णय गरिएको जानकारी दिएको हो।
आगामी नोभेम्बर १७ तारिखका दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भव्य समारोह आयोजना गरी उक्त पुरस्कार शिवाकोटीलाई दिइने इन्जा व्यवस्थापन समितिले जनाएको छ।
शिवाकोटीले हालै तत्काली सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकै एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको घटना पहिलोपटक सार्वजनिक गरेका थिए।
पीडित भनिएकी रोशनी शाहीले बलात्कार प्रयास अभियोगमा किटानी जाहेरी दिएपछि पक्राउ परेका निवर्तमान सभामुख महरा अहिले हिरासतमा छन्।
साथै इन्जाले शिवाकोटी असुरक्षित रहेकामा चिन्ता प्रकट गरेको छ।
प्रतिक्रिया