ad ad

समाज


सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, पाँचको मृत्यु

सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, पाँचको मृत्यु

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ५:५९,

सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस इन्द्रवती गाउँपालिकामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४० जना घाइते बनेका छन्।

शुक्रबार बिहान पौने १० बजे सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवती गाउँपालिका १०, बडहरेमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डीएसपी माधव काफ्लेले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा पाँच जनाको ज्यान गएको उनले बताए। मृत्यु हुनेमा ४ पुरुष र १ महिला रहेका छन्।

घाइतेहरुलाई अहिले विभिन्न अस्पतालमा लैजाने कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .