ad ad

समाज


‘तोडफोड गर्ने सांसदलाई कारबाही नभए सबै उडान बन्द’

‘तोडफोड गर्ने सांसदलाई कारबाही नभए सबै उडान बन्द’

नेपालखबर
असोज २७, २०७६ सोमबार १४:५४,

राष्ट्रिय जनता पार्टी(राजपा) का सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन्। उडान ढिला भएको भन्दै सांसद साहले काउन्टरमा तोडफोड गरेका हुन्।

सोमवार दिउँसो ११ः४० बजेको बुद्ध एयरको जहाज तीन घण्टा ढिला भएको भन्दै साहले काउन्टर तोडफोड गरेको बताएका छन्। उक्त विमानमा समयमै काठमाडौंको अस्पतालमा पुग्नुपर्ने किड्नीका बिरामी भएको र आफूले त्यसबारे पटकपटक विमान कम्पनिका कर्मचारीलाई भन्दा पनि सुनुवाई नगरेकाले आक्रोशित भएको सांसद साहले बताए।

यता, तोडफोड गर्नेलाई सात दिनभित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने‍ नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ। उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यदि कारबाही नभए असुरक्षाको कारण उडान बन्द गरिने जानकारी गराएको छ।
दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्।

साहले काउन्टरमा लात हानेपछि काउन्टरको सिसा फुटेको छ। साह सर्लाही १ बाट निर्वाचित सांसद हुन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .