ad ad

समाज


भरतपुर अस्पतालमा थपियो आईसीयूका चार शय्या

भरतपुर अस्पतालमा थपियो आईसीयूका चार शय्या

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०८० शनिबार ७:५९, चितवन

चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयु)मा शय्या थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चारवटा शय्या थप गरिएको हो।

चार शय्या थप गरेपछि भरतपुर अस्पतालमा आईसीयूको संख्या ३८ पुगेको छ।

अस्पतालका प्रवक्ता डा.गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि चारवटा थप गरिएको जानकारी दिए।

भरतपुर अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ। एउटा शय्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ। 

निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्छ। तर, भरतपुर अस्पतालमा भने एक दिनको शुल्क रु दुई हजार मात्र छ। 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० शय्याको बाल सघन उपचार कक्ष र छ शय्याकोको पिआईसीयू सञ्चालनमा छन्। भरतपुर अस्पतालमा छ सय शय्या छन्। 

चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेका तिवारीले जानकारी दिए।

सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .