ad ad

समाज


दोलखामा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, सँगै गएका ६ जना पक्राउ

दोलखामा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, सँगै गएका ६ जना पक्राउ

नेपालखबर
मंसिर १७, २०८० आइतबार ११:४, काठमाडौँ

दोलखामा गएराति शिकार खेल्न गएका एक युवकको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ। युवकको मृत्यु भएपछि प्रहरीले उनीसँगै सिकार गएका ६ जनालाई पक्राउ गरेको छ। 

तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव मिजारको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक खड्काले जानकारी दिए। 

‘मिजारले बोकेको भरुवा बन्दुक आफैँ पड्किँदा उनको मृत्यु भएको दाबी उनका साथीहरुले गरेका छन्,’ डीएसपी खड्काले नेपालखबरसँग भने, ‘उनका ६ जना साथीलाई नियन्त्रणमा राखेर हामीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेका छौँ।’

देब्रे छातीमा छर्राले लागेर गम्भीर घाइते भएका मिजारको तामाकोशी सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो।  थप उपचारका लागि राति नै उनलाई चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएको थियो। 

अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। मिजारको शव अहिले पशुपति चौलागाईं सामुदायिक अस्पताल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही ठाउँका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्की छन्। 

सात जनाको समूह गएराति स्थानीय डाँडाबारी जंगलमा बन्य जन्तुको शिकार खेल्न गएका बेला घटना भएको हो। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी खड्काले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .