ad ad

समाज


माइनस ३.८ डिग्रीमा झर्‍यो जुम्लाको तापक्रम, अरू कहाँको कति? (सूचीसहित)

माइनस ३.८ डिग्रीमा झर्‍यो जुम्लाको तापक्रम, अरू कहाँको कति? (सूचीसहित)

फाइल तस्बिर : जुम्लाको विमानस्थल क्षेत्र


नेपालखबर
मंसिर १७, २०८० आइतबार ११:२९, काठमाडौँ

केही दिनयता तापक्रम घट्ने क्रम बढेको मौसमविद्ले बताएका छन्। तापक्रम ओरालो लागेसँगै देशभर चिसो बढिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तीन दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दैनिक १ डिग्रीका दरले घटिरहेको जानकारी दिए। 

‘डिसेम्बर १ मा उपत्यकाको न्यूनतम तापक्रम ९.५ थियो भने डिसेम्बर २ मा ८.५ डिग्रीमा झर्‍यो। आज ७.५ डिग्रीमा झरेको छ’, मौसमविद् पुडासैनीले भने, ‘यो, यस वर्ष अहिलेसम्मकै कम तापक्रम हो।’ 

उनका अनुसार काठमाडौँ उपत्यकासहित देशभर नै तापक्रम क्रमिक रूपमा घटिरहेको छ। 

आज सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ। मौसम महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा जुम्लामा न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ (अर्थात् –३.८) सेल्सियस छ। यो नै देशभरमा सबैभन्दा कम तापक्रम हो। 

हेर्नुहोस् देशभरको तापक्रम विवरण

डडेलधुरा- न्यूनतम ५.५, अधिकतम १८.२

दिपायल (डोटी)- न्यूनतम ८.२, अधिकतम २६.५

धनगढी (कैलाली)- न्यूनतम १२.०, अधिकतम २८.८

वीरेन्द्रनगर (सुर्खेत) - न्यूनतम ८.०, अधिकतम २५.२

नेपालगन्ज (बाँके)- न्यूनतम १३.०, अधिकतम २८.१

जुम्ला- न्यूनतम– ३.८, अधिकतम १८.२

घोराही (दाङ)- न्यूनतम १०.२, अधिकतम २५.७

पोखरा (कास्की )- न्यूनतम ११.५, अधिकतम २४.०

भैरहवा (रुपन्देही)- न्यूनतम १३.४, अधिकतम २९.३

सिमरा (बारा)- न्यूनतम १३.८, अधिकतम २८.४

काठमाडौँ- न्यूनतम ७.५, अधिकतम २१.१

ओखलढुंगा- न्यूनतम ८.५, अधिकतम २२.४

ताप्लेजुङ- न्यूनतम ६.४, अधिकतम १९.८

धनकुटा- न्यूनतम ११.०, अधिकतम २५.९

विराटनगर- न्यूनतम १४.८, अधिकतम २९.४

जनकपुर (धनुषा)- न्यूनतम १४.८, अधिकतम ३१.४

प्रस्तुत विवरणमा उल्लेख न्यूनतम तापक्रम आज (आइतबार) बिहान ८:४५ बजेसम्मका हुन् भने अधिकतम तापक्रम हिजो (शनिबार) ५:४५ बजेसम्मका हुन्। मौसमविद्का अनुसार २४ घण्टाको सबैभन्दा कम तापक्रम बिहान ८:४५ भित्र देखिन्छ भने अधिकतम तापक्रम दिउँसो २ बजेदेखि साँझ ५:४५ सम्ममा देखिन्छ। 

मौसमविद्का अनुसार माथिको विवरण मौसम महाशाखाका स्टेसन भएका क्षेत्रका हुन्। यसले लगभग देशभरको तापक्रमको एउटा चित्र देखाउने मौसमविद्को दाबी छ।  

‘न्यूनतम र अधिकत तापक्रमबीचको अन्तर जति कम भयो उति चिसो बढ्छ’, मौसमविद् पुडासैनीले भने।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .