ad ad

समाज


सिन्धुली दुर्घटना अपडेट : मोटरसाइकल चालकको पनि सनाखत

सिन्धुली दुर्घटना अपडेट : मोटरसाइकल चालकको पनि सनाखत

तस्बिर : सामाजिक सन्जाल


नेपालखबर
पुस ९, २०८० सोमबार ११:४८, काठमाडौँ

सिन्धुलीको सुनकोशीमा बसको ठक्करबाट ज्यान गुमाउने मोटरसाइकल चालकको पनि सनाखत भएको छ।

सोमबार बिहान बीपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा बसको ठक्करबाट मोटरसाइकमा सवार दुई जनाको मृत्यु भएको थियो। 

दुर्घटनामा ज्यान गुमाउने युवतीको त्यतिबेलै सनाखत भए पनि युवकको भर्खरै सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। 

एसपी सिलवालका अनुसार दुर्घटनामा ज्यान गुमाउने मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका- २ का २० वर्षीय सुशन राई हुन्। 

दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारको क्रममा सुनकोसीकै रातामाटा खाल्टेस्थित आत्मिय अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा खोटाङको दिक्तेल-१० की १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको थियो। मुनाकला र सुशनको पारिवारिक नातासम्बन्ध भए नभएको चाहीँ नखुलेको प्रहरीले जनाएको छ। 

मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको अरनिको यातायातको बसले बा ६० प  ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनापछि स्थानीयले मोटरसाइकलाई ठक्कर दिने बसमा स्थानीयले तोडफोड गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .