काभ्रेमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्।
सोमबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएको बेला काभ्रेको तेमाल गाउँपालिका- ४ बोल्दे निवासी ४० वर्षीय बाबुराम नेपालीलाई चितुवाले आक्रमण गरेको हो।
चितुवाले आक्रमण गर्दा टाउको र घाँटीमा चोट लागेका नेपालीलाई उपचारको लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको छ।
उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
6
Shares
प्रतिक्रिया