काभ्रे प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ (मर्चा) नष्ट गरेको छ।
पाँचखाल नगरपालिका वडा नम्बर- ४ अरनिको राजमार्गस्थित लामिडाँडाबाट बरामद गरिएको १५ कार्टुन (१२ सय पिस) मर्चा खाडलमा पुरेर नष्ट गरिएको जिल्ल प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
यही चैत २ गते काभ्रे प्रहरी र ट्राफिक प्रहरी काभ्रेको संयुक्त चेकिङ्गको क्रममा बागमती प्रदेश ०१-००४ क १५४६ नम्बरको आइचर गाडीबाट सो मर्चा बरामद गरिएको थियो।
आइतबार जिल्ला समन्वय समितिका सदस्य तथा पाँचखाल- ४ का वडा सदस्य निर बहादुर लामा, समाजसेवी, बुद्धिजिवीहरुको रोहबरमा उक्त मर्चा खाडलमा पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ।
12
Shares
प्रतिक्रिया