प्रहरीले काभ्रको बनेपाबाट कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ।
शुक्रबार राति पौने १२ बजे धुलिखेल नगरपालिका ९ ढुङगाखानीस्थित शुसिल रानाभाटले संचालन गरेको शुभान होटेलको १०२ नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
केही मानिसहरु जम्मा भई कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट बीस हजार छ सय असी रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखेर थप अनुसन्धान भइहेको प्रहरीको भनाई छ।
39
Shares
प्रतिक्रिया