जंगलमा डढेलो लगाएको आरोपमा प्रहरीले काभ्रेबाट एक युवकलाई पक्राउ गरेको छ।
मण्डनदेउपुर नगरपालिका ११ निवासी ३१ वर्षीय मैते तामाङलाई घर नजिकैको जंगलमा डढेलो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनले आफ्नो घर नजिकैको पाखो बारीमा आगो लगाउँदा नजिकैको जङ्गलमा डढेलोको रुपमा फैलिएको थियो।
त्यो डढेलोबाट काभ्रे खोला दोभान सोलारमुस खानेपानी तथा सिचाइ परियोजनाको सोलारको तार, खानेपानी र सिँचाइको कालो पाइप जलेको प्रहरीले जनाएको छ।
तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
117
Shares
प्रतिक्रिया