ad ad

समाज


न्युरोडको तनावबारे बालेनको कार्यकक्षमा छलफल, मंसिर २ सम्म काम रोक्ने सहमति

न्युरोडको तनावबारे बालेनको कार्यकक्षमा छलफल, मंसिर २ सम्म काम रोक्ने सहमति

नेपालखबर
साउन ७, २०८१ सोमबार १७:२५, काठमाडौँ

न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा देखिएको समस्या समाधान गर्न सोमबार काठमाडौँ महानगरपालिकामा छलफल भएको छ।

मेयर बालेन्द्र शाह (बालेन) को कार्यकक्षमा भएको छलफलपछि आगामी मंसिर २ गतेसम्म न्युरोड क्षेत्रमा कुनै पनि निर्माणसम्बन्धी काम अघि नबढाउने सहमति भएको छ। 

छलफलमा मेयर बालेनसहित, उपमेयर सुनिता डंगोल, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन लगायत सहभागी थिए।

उपमेयर डंगोलको संयोजगकत्वमा एक समिति बन्ने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा मात्रै अघि बढ्नेगरी अहिलेलाई जारी काम रोक्ने सहमति भएको जानकारी गराइएको छ। 

महानगरले न्युरोडको सडक विस्तारको काम अघि बढाएपछि जनप्रतिनिधिसहित स्थानीयहरू आन्दोलनमा उत्रिएका थिए। 

वडा नम्बर २२ का अध्यक्ष महर्जनले टेबुल र कुर्सी नै न्युरोडमा राखेर कार्यालयको काम गर्न थालेपछि महानगरले काम रोकेको थियो। 

महानगरले निर्णय नसच्याएसम्म आफूहरूको आन्दोलन कायम रहने वडाध्यक्ष र स्थानीयको चेतावनीपछि सोमबार मेयर शाहको कार्यकक्षमा छलफल भएको हो। 

त्यस्तै, समितिमा सीपीसीका उपाध्यक्ष सुमनराज भण्डारी, निर्माण विभागका प्रमुख सुरज शाक्य वडा नम्ब्र २२, २३ र २४ का वडाअध्यक्ष सदस्य रहने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .