ad ad

समाज


पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध, बिरामी र यात्रुको बिचल्ली

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध, बिरामी र यात्रुको बिचल्ली

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८१ मंगलबार ९:२२, लमजुङ

गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। 

बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाइँले जानकारी दिए।  

सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए। 

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। 

बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन्। 

पहिरोमा बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिएका छन्।  डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटर लामो छ। यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .