भारतको पश्चिम बंगाल प्रहरीले बिहीबार सन्देशखाली यौन उत्पीडनको मामिलामा टीएमसी नेता शाहजहान शेखलाई पक्राउ गरेको छ।
उनले २४ उत्तर परगनाको सन्देशखाली गाउँका महिलालाई यौन उत्पीडन गरेको आरोप छ।
शेखलाई उत्तर २४ परगना जिल्लाको मिनांखाबाट पक्राउ गरिएको हो ।
मिनांखा प्रहरी चौकीका एक प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा पक्राउ गरेको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
समाचार एजेन्सी पीटीआईले पनि यो गिरफ्तारीको पुष्टि गरेको छ।
एक प्रहरी अधिकारीले शाहजहान शेखलाई बसिरहाट अदालतमा लगिएको बताएका छन्।
69
Shares
प्रतिक्रिया