ad ad

समाज


भारतको तमिलनाडुमा विषाक्त रक्सीले २९ जनाको मृत्यु, ६० व्यक्ति बिरामी

भारतको तमिलनाडुमा विषाक्त रक्सीले २९ जनाको मृत्यु, ६० व्यक्ति बिरामी

कल्लाकुरिची सरकारी मेडिकल कलेज


नेपालखबर
असार ६, २०८१ बिहिबार १०:५०, काठमाडौँ

भारतस्थित तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा पिउँदा मृत्यु भएकाको संख्या २९ पुगेको छ भने ६० जनाभन्दा बढी विभिन्न अस्पतालमा उपचाररत छन्। 

प्रहरीका अनुसार ती व्यक्तिले प्याकेटमा पाइने मदिरा खाएका थिए। 

गत जुन १८ तारिख कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मृत्यु भएकाहरू अधिकांश दैनिक ज्यालादारी मजदुर छन्। 

मदिरा पिएपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन भएको थियो। 

प्रहरीले यस मामिलामा एक जना के कन्नुकुटी (४९) लाई पक्राउ गरेको छ। उनको साथबाट मिथानोल मिसाइएको झन्डै २ सय लिटर विषालु मदिरा बरामद भएको छ।

कल्लाकुरिचीमा १२ वटा एम्बुलेन्स तैनाथ छन्। प्रहरीका अनुसार मृतकको पोस्टमार्टम भइरहेको छ। रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्नेछ।

घटनापछि प्रदेश सरकारले कल्लाकुरिचीका कलेक्टर–एसपीलाई बर्खास्त गरेको छ। उनको स्थानमा कलेक्टरमा एमएस प्रशान्त र एसपीमा रजत चतुर्वेदीलाई नियुक्त गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .