ad ad

समाज


फुङ्लिङमा आगलागी हुँदा पाँच लाखको क्षति

फुङ्लिङमा आगलागी हुँदा पाँच लाखको क्षति

नेपालखबर
मंसिर २३, २०८० शनिबार १०:२, काठमाडौँ

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगो लाग्दा घर बाहेक पाँच लाख बराबरको क्षति भएको छ। 

सदरमुकामस्थित बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए।

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .