तीन दिनअघि सुनकोशी नदीमा बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ।
होली खेलेर सुनकोसीमा नुहाउने क्रममा यही चैत ११ गते बेपत्ता भएकी उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको हो।
स्थानीय माछा मार्नेहरुले बेलुकी कोशीमा जाल थापेको र बिहान जाल हेर्न जाँदा मृतक मगरको शव पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। रेखाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले जानकारी दिए।
बेपत्ता तीनमध्ये ८ वर्षीय रिदम मगरको मंगलबार शव घटनास्थलदेखि झण्डै डेढसय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो।
चार दिनअघि दिनअघि त्रिनपा–१४ साउनेका १२ वर्षीया रेखा मगर, १४ वर्षीय लोकबहादुर मगर र ८ वर्षीय रिदम मगर होली खेलेर सुनकोशीमा नुहाउन जाँदा नदीमा बेपत्ता भएका थिए।
बेपत्ता बालबालिकाको प्रहरी र स्थानीयसहित सुनसरीको इटहरीबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी जारी राखेका छन्। हराएकामध्ये मङ्गलबार रिदम मगरको शव फेला परेको थियो।
अर्का बेपत्ता १० वर्षीय लोकबहादुर मगरलाई अझै फेला पर्न नसकिएको प्रहरीले जनाएको छ। रासस
Shares
प्रतिक्रिया