ad ad

समाज


ओखलढुंगामा पहिरोले घर बगाउँदा पत्नीको मृत्यु, पति र छोरी गम्भीर घाइते

गम्भीर अवस्थाका बाबु-छोरीलाई हेलिकप्टारबाट काठमडौँ ल्याउने तयारी
ओखलढुंगामा पहिरोले घर बगाउँदा पत्नीको मृत्यु, पति र छोरी गम्भीर घाइते

नेपालखबर
असार १२, २०८१ बुधबार ८:२६, काठमाडौँ

ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परेर दुई जना घाइते भएका छन्। 

चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर गोठ बगाउँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

गएराति करिब २ बजे पहिरोले घर बगाउँदा घरमूली (मृतक महिलाका पति) ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका खत्री गम्भीर घाइते भएका छन्।

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। ‘उनीहरुको पनि अवस्था गम्भीर छ,’ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले नेपालखबरसँग भने, ‘थप उपचारको लागि उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको छ।’

घटनास्थलबाट तीनवटा भैँसी र १४ वटा खसी बाख्राको जिवितै उद्धार गरिएको इन्सपेक्टर कार्कीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .