झापाको हल्दिबारीमा सवारी दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ।
हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै युवक ज्यान गएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।
पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। रासस
114
Shares
प्रतिक्रिया